बागलुङमा पौडेल र सुवेदीलाई ‘स्मृति युवा सम्मान’
बाग्लुङ | भदौ १, २०७९
स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष यहाँका दुई युवा स्रष्टालाई प्रदान गरिने भएको छ । मङ्गलबार बसेको प्रकाशनको बैठकले विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र विसं २०७९ को सम्मान जिल्लाको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
गत वर्ष कोभिड-१९ का कारण कार्यक्रम स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गर्न लागिएको हो । यही भदौ ११ गते मोती जयन्तीका अवसरमा आयोजना हुने समारोहमा सम्मान प्रदान गरिने प्रकाशनका अध्यक्ष काजी रोशने जानकारी दिनुभयो ।
साहित्यको उत्थानमा पुर्याएको योगदानवापत स्रष्टाद्वयलाई सम्मानित गर्न लागिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुनुहुन्छ । प्रकाशनले हरेक वर्ष मोती जयन्तीका अवसर पारेर साहित्य सिर्जनामा सक्रिय युवालाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
सोही समारोहमा सार्थक प्रकाशनका तर्फबाट ‘सार्थक मोती सम्मान’, धवल कला मन्दिरका तर्फबाट ‘धवल मोती सम्मान’ प्रदान गर्ने कार्यक्रम तय भएको जनाइएको छ । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।
फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...
नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि ६ मार्की खेलाडी चयन गरिएको छ। अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

